Kathmandu Press

नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई गृहमन्त्रीकाे सुझाव

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरुलाई मिठाइ बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरी सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका हुन्।
नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई गृहमन्त्रीकाे सुझाव

काठमाडाैं, वैशाख १ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका छन्। 

नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरुलाई मिठाइ बाँडेर शुभकामना आदान प्रदान गर्दै गृहमन्त्री लामिछाने नागरिकका गुनासा सम्बोधन हुने गरी सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई सुझाव दिएका हुन्।

Hardik ivf

सो क्रममा उनले प्रहरीका गुनासा र समस्याहरुप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको धारणा राखे। उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा बलियो रुपमा स्थापीत हुन सक्ने बताए।

त्यस्तै गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे। २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानुन कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ।

त्यस्तै गृहमन्त्री लामिछानले आगामी दिनमा विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा लिएर आउने धारणा राखे।

प्रकाशित मिति: १३:२८ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्