Kathmandu Press

बाँकेका १६ सीमा स्तम्भ हराए

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 
बाँकेका १६ सीमा स्तम्भ हराए

बाँके, वैशाख  १ :  बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन्। 

बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। 

Hardik ivf

'नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन्। अन्य केही जीर्ण अवस्थामा छन्', सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, 'हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।'

नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन्। कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्न नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ। सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ।

दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ। सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन्। दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन्। 

बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन। पैसठ्ठी किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट (बिओेपी) राखेर सुरक्षा दिइरहेको छ। भारततर्फ भने २३ बिओपी रहेका छन्। नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्