Kathmandu Press

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

खोटाङ, वैशाख १ : नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई  विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौं जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो ।

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गर्नुभएको थियोभने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मत पाएका छन् भने प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए। दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौं जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका छन्।

Hardik ivf

उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा भएका छन्। समावेशी उपसचिवमा कविता राई विजयी भएका छन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन्।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन्। दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो। दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भएका छन्। उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन्। खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन्। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्