Kathmandu Press

एसीसी प्रिमियर कपमा कतारसँग खेल्दै नेपाल

डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतारविरुद्ध पनि नेपाल सोही लय समाउन चाहन्छ।
एसीसी प्रिमियर कपमा कतारसँग खेल्दै नेपाल

काठमाडौं, वैशाख १ : ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले दोस्रो खेल खेल्दैछ। अलमेरात क्रिकेट मैदानमा दिउँसो ४ः१५मा हुने खेलमा नेपालले कतारको सामाना गर्दैछ।

डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतारविरुद्ध पनि नेपाल सोही लय समाउन चाहन्छ। १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको क्षतिमा भेट्टाएको थियो।

Hardik ivf

यता, कतार भने पहिलो जितको खोजीमा हुनेछ। ऊ पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ, जसमा नेपाल पराजित भएकाे थियाे।  आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनाेटकाे फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो।

 

प्रकाशित मिति: ११:२५ बजे, शनिबार, वैशाख १, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्