एसीसी प्रिमियर कपमा कतारसँग खेल्दै नेपाल
डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतारविरुद्ध पनि नेपाल सोही लय समाउन चाहन्छ।
काठमाडौं, वैशाख १ : ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले दोस्रो खेल खेल्दैछ। अलमेरात क्रिकेट मैदानमा दिउँसो ४ः१५मा हुने खेलमा नेपालले कतारको सामाना गर्दैछ।
डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतारविरुद्ध पनि नेपाल सोही लय समाउन चाहन्छ। १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको क्षतिमा भेट्टाएको थियो।
यता, कतार भने पहिलो जितको खोजीमा हुनेछ। ऊ पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो।
नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ, जसमा नेपाल पराजित भएकाे थियाे। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनाेटकाे फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो।
प्रकाशित मिति: ११:२५ बजे, शनिबार, वैशाख १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










