Kathmandu Press

स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस् : अध्यक्ष रेग्मी

नव वर्ष २०८१ का पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै उनले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।
स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस् : अध्यक्ष रेग्मी

काठमाडौं, चैत ३० : मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले परिवर्तनकारी शक्ति सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको बताएका छन्।

नव वर्ष २०८१ का पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै उनले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।

Hardik ivf

नयाँ संविधान निर्माणपछि दुई पटक निर्वाचन भइसक्दा पनि मुलुकको स्थायित्व र समृद्धिको यात्रा धर्मराउँदो रहेको भनी चिन्ता व्यक्त गर्दै उहाँले अब पनि नभए कहिले हुने’ भन्ने प्रश्न सबैकासामु खडा भएको जनाएका छन्।

पूर्वप्रधानन्यायाधीश रेग्मीको सन्देशमा भनिएको छ, 'केन्द्रमा सत्ता समीकरण फेरिइरहँदा प्रदेश सरकारहरू तासका घर झैँ ढलिरहेका छन्। यस अवस्थामा स्थायित्व र समृद्धि कसरी रु ‘के सोचँें मैले के हुँदैछ अहिले’ भन्ने जस्तो भएको छ।'
  
लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी आजपर्यन्त सङ्घर्षरत रहेको जनाउँदै उनले समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका मात्र भएको विचार प्रकट गरेका छन्। 
    
उनले यस अवसरमा देशविदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्