प्रतिनिधिसभाले गरेको संशोधनलाई राष्ट्रियसभाको सहमति
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे।काठमाडौं, चैत ३० : राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक’ मा प्रतिनिधिसभाले गरेको संशोधनलाई सहमति प्रदान गरेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु विष्णुकमारी सापकोटा, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, भुवनबहादुर सुनुवारले धारणा राखे।
सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफमा मन्त्री साहले खाद्य पदार्थमा स्वच्छता कायम गर्नैपर्ने र त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गरिएको बताए। राष्ट्रियसभाको अर्को बैठक आगामी वैशाख ४ गते दिउँसो १ः१५ बजे बस्नेछ।
प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












