Kathmandu Press

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौं, चैत ३० : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन्।

राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ।

Hardik ivf

भेटमा  बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो।

त्यस अवसरमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउका थिए।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो। उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आग्रह गरे।

राजदूत हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले नेपाल र पाकिस्तानबीच अबरुद्ध हवाई सेवा पुनः सञ्चालनको आवश्यकता औंल्याए। 

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्