मिश्रको अध्यक्षतामा सत्यनिरुपण आयोगको सिफारिस समिति
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको हो।
काठमाडौं, चैत ३० : सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तीका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको हो।
सिफारिस समितिको सदस्यमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा.अर्जुनकुमार कार्की, स्टेला तामाङ र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको एकजना सदस्य रहने गरी सिफारिस समिति गठन गरिएको हो।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार