Kathmandu Press

‘ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा भयाे’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगाएतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन्।
‘ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा भयाे’

काठमाडाैं, चैत ३० : जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्नका लागि आवश्यक सुरक्षा लगाएतका व्यवस्था तर्जुमा गरेको जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगाएतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन्।

Hardik ivf

उनले सो क्षेत्रमा व्यवसाय गर्न व्यवसायी, उपभोक्ता, श्रमिकहरुले पालना गर्नुपर्ने आचारसंहिता तोकिएको र उक्त आचारसंहिता तथा मापदण्ड स्वीकृत समेत भइसकेको बताए।

पूर्णकालीन व्यवसायका लागि आचारसंहिता र मापदण्डको पूर्णपालन र कार्यान्वयनका आधारमा त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेलको भगवान बहाल क्षेत्रमा स्थानीयको धेरै बसोबास रहेका कारण सो क्षेत्रमा भने तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाईने जानकारी दिए।

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्