Kathmandu Press

संसदको चालु अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य हुने

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन बैशाख २ गते मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
संसदको चालु अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य हुने

काठमाडाैं, चैत ३० : सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Hardik ivf

कांग्रेसको अवरोधका कारण नभई बजेट अधिवेशन आह्वानका लागि केही समय आवश्यक भएकाले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताइन्।

त्यस्तै बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले जानकारी दिइन्।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष एवं सदस्य नियुक्ती सिफारिस गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्। त्यस्तै बैठकले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको उनले बताइन्।

त्यस्तै बैठकले संयुक्त राष्ट्र संघको ओहाया राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा  नियुक्त गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माले व्यक्तिविशेषलाई केन्द्रीत गरेर संसदीय छानविन समिति गठन गर्न प्रमाण चाहिने भए पनि राजनीतिक पूर्वाग्रहमा राखेको माग पूरा गर्न नसकिने स्पष्ट पारिन्। 

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्