Kathmandu Press

ग्रामीण विकास लघुवित्तका उदयकृष्ण अधिकारीमाथि हानिनोक्सानीको आरोपमा मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानिनोक्सानी गरेको भन्दै  मुद्दा दायर गरेकाे हाे।
ग्रामीण विकास लघुवित्तका उदयकृष्ण अधिकारीमाथि हानिनोक्सानीको आरोपमा मुद्दा दायर

काठमाडौं, चैत ३० : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएकाे छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीमाथि हानिनोक्सानी गरेको भन्दै  मुद्दा दायर गरेकाे हाे।

Hardik ivf

किर्ते सदस्य बनाई बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावाँ तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा र धितो कर्जा दिंदा कमिसन खाएको आरोप उनीमाथि लगाइएकाे छ।

२०६८/६९ देखि सार्वजनिक पदमा रहँदा उनले १९ लाख २ हजार २३७ रुपैयाँ अपचलन तथा हिनामिना गरेको अख्तियारले दाबी गरेकाे छ। उनीमाथि सोही रकमबराबरको बिगो मागदाबी लिइएकाे छ।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्