Kathmandu Press

धर्म परिवर्तनमा संलग्न हुन सक्ने भन्दै विदेशी नागरिककाे सूक्ष्म निगरीनी गर्न गृहकाे निर्देशन

गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको बिनाअनुमति हिँड्डुल गर्ने विदेशी नागरिककाे सूक्ष्म निगरानी गर्न भनेकाे हाे।
धर्म परिवर्तनमा संलग्न हुन सक्ने भन्दै विदेशी नागरिककाे सूक्ष्म निगरीनी गर्न गृहकाे निर्देशन

काठमाडौं, चैत ३० : गृह मन्त्रालयले विदेशी नागरिकहरू गैरकानुनी रूपमा धर्म प्रचारमा संलग्न भएकाे हुन सक्ने भन्दै सूक्ष्म निगरानी गर्न मातहतका निकायलाई परिपत्र गरेकाे छ।

गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको बिनाअनुमति हिँड्डुल गर्ने विदेशी नागरिककाे सूक्ष्म निगरानी गर्न भनेकाे हाे।

Hardik ivf

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएकाे पत्रमा भनिएकाे छ, 'कतिपय विदेशी नागरिक विनाप्रवेशाज्ञा हिँड्डुल गर्ने गरेको भन्दै विदेशी नागरिकको कानूनविपरीतका गतिविधिको सूक्ष्म निगरानी गरेर आवश्यक काराबाही गर्नुहुन अनुराेध छ।'

विभिन्न जिल्लामा धर्म प्रचारप्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका विदेशी नागरिकले गैरकानूनी रूपमा धर्म प्रचारप्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न भइरहेको गृहको भनाइ छ।

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्