Kathmandu Press

अज्ञात समूहले काट्याे करोडौँ पर्ने बुद्धचित्तको रुख, नजिकै भेटियाे सकेट बम

बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।
अज्ञात समूहले काट्याे करोडौँ पर्ने बुद्धचित्तको रुख, नजिकै भेटियाे सकेट बम

काभ्रे, चैत ३० : काभ्रेको रोशी-५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ।

बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ।

बुद्धचित्त मालाको बोट १५–२० जनाको अपरिचित समूह आई काटेको खुलेको छ। बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको काभ्रे रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

उक्त रुखबाट करोडौको बुद्धचित्त उत्पादन हुने भनिए पनि वडा कार्यालयमा बुद्धचित्त बिक्रिबितरणका लागि धनी र व्यापारीबीच करिव ९० लाखमा सम्झौता भइ त्यहीअनुसारको राजस्व बुझाएको उनले बताए।

बुद्धचित्रको बोट काटेर नजिकै राखिएको घरेलु सकेट बम नेपाल आर्मीको बम भने आर्मीको डिस्पोजल टोलीले निष्कृय पारेको छ।

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, चैत ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्