राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्ति भइसक्यो : अध्यक्ष लिङ्देन
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो।
काठमाडौं, चैत ३० : सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही साथीहरु घाइते हुने दुःखद घटना भएपनि समग्रमा प्रदर्शन सफल भएको बताए।
उनले पार्टी र एजेण्डाको पक्षमा सकारात्मक सन्देश गएको, राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको धारणा व्यक्त गर्दै प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद व्यक्त गरे।
प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार