Kathmandu Press

रेशमलाल चौधरीले दायर गरेको रिट ‘हेर्न नमिल्ने’

निर्वाचन आयोगले अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरीले सर्वोच्च रिट निवेदन दर्ता गरेका थिए।
रेशमलाल चौधरीले दायर गरेको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं, चैत ३० : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिट निवेदन शुक्रवार ‘हेर्न नमिल्ने’ भएको छ।

उक्त रिटमा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तय भएको थियो। निर्वाचन आयोगले अध्यक्ष पदलाई मान्यता नदिएपछि चौधरीले सर्वोच्च रिट निवेदन दर्ता गरेका थिए।

Hardik ivf

चौधरीले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाएर आफुलाई अध्यक्षको मान्यता दिलाउन मागसहित रिट दिएका हुन्।

चौधरीको रिटमा यसअघि गत चैत २५ गते सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो .। पौडेलको इजलासले त्यतिबेला कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतबाट भएको पूर्व फैसलासमेत सँगै राख्न आदेश दिएको थियो। रिटलाई न्यायाधीश सुवेदीले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो।

यसअघि चौधरी संलग्न टिकापुर हिंसामा पीडितले दिएको रिटम न्यायाधीश डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो । यस्कारण इजलासले रिट हेर्न नमिल्ने भएको हो।

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्