Kathmandu Press

सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ : प्रकाशमान सिंह

मन्त्रीहरुका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने हुनाले यसो गर्न नचाहनुले सरकार संसदको क्षेत्राअधिकार माथि नै प्रहार गरिरहेको बताए।
सरकार संसदीय क्षेत्राधिकार माथि प्रहार गरिरहेको छ : प्रकाशमान सिंह
फाइल तस्बिर।

काठमाडौं, चैत ३० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन्।

शुक्रबार नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम मन्त्रीहरुका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने हुनाले यसो गर्न नचाहनुले सरकार संसदको क्षेत्राअधिकार माथि नै प्रहार गरिरहेको बताए।

Hardik ivf

उनले एकातिर संसद सुचारु गराउन नचाहने अर्कोतिर लगानी सम्मेलन आयोजना गर्ने अनि कसरी लगानीको वातावरण बन्न सक्छ भन्दै देशमा राजनीतिक स्थायीत्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनको नतिजा कस्तो आउला? भन्दै प्रश्न गरे।

पहिले मुलुकको राजनीतिक स्थायित्वको लागि वातावरण बनाउन केन्द्रित हुन समेत उनले सरकारलाई सुझाव दिए। जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक नहुने भन्दै लाखौं करोडौ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेसले आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागेपनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्न कांग्रेस पछि नहट्ने बताए।

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, चैत ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्