Kathmandu Press

राजस्व चुहावट, छली, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्छ : गृहमन्त्री लामिछाने

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताए।
राजस्व चुहावट, छली, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्छ : गृहमन्त्री लामिछाने
फाइल तस्बिर

पर्सा, चैत २९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्।

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताए।

Hardik ivf

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताए। ‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ । त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौं,’ उनले भने, ‘बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्को समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौं।’

राजस्व संकलनमा देखिएका चुनौतीलाई समाधान  गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको उनले बताए।

प्रकाशित मिति: २१:०० बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्