Kathmandu Press

देउवाले गरे सहिद आलोकको सालिक अनावरण

२०४० सालमा तत्कालिनक पञ्चायती शासकहरुले शहिद आलोकको हत्या गरेका थिए।
देउवाले गरे सहिद आलोकको सालिक अनावरण

रुपन्देही, चैत २९ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मा सहिद यादवनाथ आलोकको सालिक अनावण गरेका छन्। 

२०४० सालमा तत्कालीन पञ्चायती शासकहरुले शहिद आलोकको हत्या गरेका थिए। सो घटनामा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला र नेताहरु शेरबहादुर देउवा र सैलजा आचार्य पनि सँगै थिए। राति बासबसेको बेलामा एक्कासी आक्रमण गरेको उक्त घटनामा कोइाराला, देउवा र आचार्यलाई कार्यकर्ताहरुले सुरक्षित दिएर बचाएका थिए। मध्यरातमा सहिद आलोकको हत्या गरिएको थियो। 

आलोकको जन्मस्थान तिलोत्तमा वडा नम्वर १३ मा उनको सालिकको बुधबार कांग्रेस सभापति देउवाले अनावरण गरेका हुन्। उक्त सालिक अनावरण कार्यक्रममा बोल्दै देउवाले आलोकले तत्कालि कठिक अवस्थामा लोकतन्त्र प्राप्तिको आन्दोलनमा निकै सर्घष गरेका बताएका थिए।

‘आलोकजी धेरै राम्रो नेता हुनुहुन्थ्यो, उहाँले यो क्षेत्रमा पार्टीको संगठनलाई निकै प्रभाकारी बनाउनुभएको थियो, त्यसैले गर्दा तत्कालिन शासकहरुले शहिद बनाए।’ सहिद आलोकको नाममा स्थापना भएको पुस्तकालयको पनि देउवाले उद्घाटन गरेका थिए।

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्