नेपाली सेनाकाे सफा हिमाल अभियान सुरु
बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन्।
काठमाडौं, चैत २९ : नेपाली सेनाले सफा हिमाल अभियान सुरु गरेको छ।
बिहीबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान, २०२४ का टोलीलाई ब्यानरसहित सामान हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका हुन्।
यस अभियानमा ल्होत्से र नुप्से हिमालका बेसक्याम्प र सोभन्दा माथिका उचाइहरुबाट १० टन फोहोर तथा ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको सेनाले जनाएको छ।
संकलित फोहोरमध्ये नसड्ने फोहोर रिसाइकिल गर्ने संस्थालाई हस्तान्तरण गरिने प्रधानसेनापति शर्माले बताए। उनले संकलित फोहरलाई उचित व्यवस्थापन गर्न सके अभियानको औचित्य पुष्टि हुने धारणा राखे।
प्रधानसेनापति शर्माले हिमालमा फोहर नै गर्न नदिने गरि सचेतना फैलाउनुपर्ने र नियमकर्ता र कानून निर्माताले पनि ध्यान दिनुपर्ने बताए।
अभियान २०८१ जेठ २३ विश्व वातावरण दिवसको दिन सकिने सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए।