Kathmandu Press

१४औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारी पूरा

राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि वैशाख ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगीताको तयारी पूरा भएको जनाएको हो।
१४औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारी पूरा

काठमाडाैं, चैत २९ : वैशाख ४ गतेदेखि सुरु हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगीताको तयारी पूरा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि वैशाख ४ गतेदेखि ६ गतेसम्म हुने प्रतियोगीताको तयारी पूरा भएको जनाएको हो। प्रतियोगितामा स्थानीय तह, जिल्ला तथा प्रदेश छनोटबाट आएका सातै प्रदेशका ६ सय ८६ खेलाडी सहभागी हुनेछ।

Hardik ivf

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा ६६ स्वर्णका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने राखेपले जनाएकोे छ। एथलेटिक्सको छात्र–छात्रामा समान १३ गरि २६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको समान ६ गरि ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र–छात्रा समान एक एक गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

उहाले संघीय प्रणाली अनुसार विद्यालय तहमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्न प्रतियोगीतालाई निरन्तरता दिएको बताए। राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि प्रतियोगीता महत्वपूर्ण हुने उनको भनाइ छ।

त्यस्तै सदस्य सचिव घिसिङले नयाँ ऐन अनुसार केहि खेलकुद संघहरुले निर्वाचन गर्न नसकेको भन्दै अव पनि निर्वाचन गर्न नसके कानूनअुसार अघि बढ्ने चेतावनी दिए। 

प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम छ। कुल ११ लाख ५२ हजार पुरस्कार राशी रहेको प्रतियोगिताको कुल बजेट १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको राखेपले जनाएको छ।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्