परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रकाश सुवेदी नियुक्त
प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
काठमाडौं, चैत २९ : परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन्।
प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
पदपूर्तिका लागि समितिले पहिलो पटक पुस १७ र दोस्रो पटक माघ २१ मा आवेदन खुला गरेको थियो।परेका आवेदनमध्ये ‘समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०७५’ मा तोकिएको छनोट प्रक्रियाका सम्पूर्ण चरणबाट सफल सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरिएकाे हो।
सुवेदीले यसअघि अष्ट्रियाको आवासीय राजदूत, संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि र क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूतकाे जिम्मेवारी निर्वाह गरिसकेका छन्।
प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












