कोरोनाको उद्गमस्थल वुहानमा पाँच दिनपछि फेरि नयाँ संक्रमण देखियो
वुहान, चैत ११ : कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा फेरि नयाँ संक्रमण देखा परेको छ।
कोरोना भाइरस पहिलो पटक हुबे प....

वुहान, चैत ११ : कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा फेरि नयाँ संक्रमण देखा परेको छ।
कोरोना भाइरस पहिलो पटक हुबे प्रान्तको वुहान शहरमा देखिएको थियो। त्यहाँ केही दिनयता संक्रमण घट्दै गएको थियो। विगत पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।
उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भू-भागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ। सङ्क्रमित व्यक्तिमध्ये चार जनाबाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ।
अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
