Kathmandu Press

पूर्वी पहाडमा उठेको पहिचानको आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्नुपर्छ : गगन थापा 

थापाले अहिलेको अवस्थामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको बताउँदै पहिचानको मुद्दालाई कांग्रेसले मात्र सम्हालेर लैजान सक्ने बताए। चुनावी कोण सभालाई संवोधन गर्दै थापाले भने, ‘संविधानसभापछि दुईतिहाइ बहुमत थियो कांग्रेसको।
पूर्वी पहाडमा उठेको पहिचानको आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्नुपर्छ : गगन थापा 

इलाम, चैत २९ : उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बर खड्काको प्रचारप्रसारमा इलाम आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वी पहाडमा उठेको पहिचानको आवाजलाई सम्मानका साथ सम्बोधन गर्नुपर्ने बताएका छन्। 

थापाले अहिलेको अवस्थामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको बताउँदै पहिचानको मुद्दालाई कांग्रेसले मात्र सम्हालेर लैजान सक्ने बताए। चुनावी कोण सभालाई संवोधन गर्दै थापाले भने, ‘संविधानसभापछि दुईतिहाइ बहुमत थियो कांग्रेसको।

Hardik ivf

कांग्रेसले कहिले पनि उत्तेजक कुरा गरेन। अहिलेको संविधान बनाउने क्रममा माओवादी साथीहरूले उपद्रव गरेका थिए। त्यो बेलामा एमालेले माओवादीलाई ठेगान लगाऊँ भनेको थियो। तर कांग्रेसले देशलाई सम्हालेर अगाडि बढायो।’

वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार डम्बर खड्काको पक्षमा माहोल बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि एकसाथ जुटेका छन्। अहिले पूर्वी पहाडमा उठेको पहिचानको मुद्दालाई त्यसैगरी सम्हालेर अघि बढाउँदै सम्बोधन गर्नु आवश्यक रहेको र जुन् काम कांग्रेसले गर्ने प्रतिबद्धता पनि थापाले जनाए। 
 
प्रकाशित मिति: १४:५५ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्