नेपाली सेनाको प्रवक्तामा सहायक रथी केसी
पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो।
काठमाडौं, चैत २९ : नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन्।
पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालयमा सरुवा भएको छ। उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना २०५८ चैत २० गते भएको हो।
प्रकाशित मिति: १४:२० बजे, बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1755255383.jpg)