खानेपानी व्यवस्थाकाे माग गर्दै प्रदर्शन
खहरे–जडीबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिच्छाइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।---frame-at-0m36s-1712823139.jpg)
काठमाडाैं, चैत २९ : खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौंको जडीबुटी क्षेत्रमा प्रदर्शन गरेको छ।
खहरे–जडीबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिच्छाइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
खानेपानीको पाइप राख्ने आश्वास लामो समयदेखि पाएपछि अझैसम्म पाइप समेत बिच्छाउने काम नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्।
उनीहरुले आगामी बैंशाख १५ गतेभित्र पाइप बिच्छाएर खानेपानी उपलव्ध गराउन माग गरेका छन्।
संविधानमा स्वच्छ खानेपानीको अधिकार रहेपनि त्यसलाई सरकारले वेवास्ता गर्दै आफुहरुलाई खानेपानीबाट बञ्चित गराएको उनीहरुको गुनासो छ।
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












