Kathmandu Press

मैत्रीपूर्ण खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टिम विजयी

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) को टोली १–० गोलले विजयी भयो।
मैत्रीपूर्ण खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टिम विजयी

काठमाडौँ, चैत २९ : नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) को टोली १–० गोलले विजयी भयो।

Hardik ivf

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। उक्त निर्देशनालय २०५८ चैत २० गते स्थापना भएको थियो। 

प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र  सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल हुनुहुन्थ्यो। प्रतियोगितामा सेनाको टोली हरियो रङ  र सञ्चारकर्मीको टिम निलो जर्सीमा मैदानमा उत्रिएको थियो।

निर्देशनालयले सैनिक र सञ्चार जगत्बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ।

प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गर्नुभयो। निर्देशनालयले यस वर्ष स्थापना दिवस समारोह भोलि शुक्रबार गर्दैछ।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्