Kathmandu Press

गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयाे

यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री अधिकारीले नै १२ मन्त्रालयलाई ७ वटामा झार्ने निर्णय गरेका थिए।
गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयाे

पोखरा, चैत २९ : गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ९ भएको छ।

मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ बनाएका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय र एउटा बेग्लै आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो।

Hardik ivf

यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री अधिकारीले नै १२ मन्त्रालयलाई ७ वटामा झार्ने निर्णय गरेका थिए। गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ। 

गण्डकीमा मुख्यमन्त्री नियुक्ति कानुनविपपरीत रहेको भन्दै त्यसविरूद्ध मंगलबार तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

गण्डकीमा गठबन्धनले सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्रीमा  दाबी पेस गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए।

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्