Kathmandu Press

तोलामा २ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ।
तोलामा २ सयले घट्यो सुनको मूल्य

काठमाडौं, चैत २९ : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ।

यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ। 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, चैत २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्