Kathmandu Press

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्षज्युसँग सहकार्य गर्ने र सबै माननीयज्युहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु,’ उनले भनिन्।
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं, चैत २८ : राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पदभार ग्रहण गरेकी छन्।
 
सिंहदरबारस्थित सभाकक्षमो पदभार ग्रहणपछि उनले राष्ट्रिय सभाको उपाध्यक्षको पदको गरिमालाई सोहीअनुसार उचाइमा राखेर काम गर्ने प्रतिबद्धता जनाइन्।

‘राष्ट्रिय सभाको उपाध्यक्ष पदको गरिमालाई सोहीअनुसार उचाइमा राख्ने र समग्र राष्ट्रिय सभालाई नै त्यसको महत्व झल्काउने गरी अध्यक्षज्युसँग सहकार्य गर्ने र सबै माननीयज्युहरुसँग सहकार्य गरेर नै अगाडि बढ्ने प्रतिबद्धता जनाउँछु,’ उनले भनिन्।

Hardik ivf

Photo-(1)(43)-1712752400.jpg

संविधानले व्यवस्था गरेको नियमावलीले दिएको मार्ग निर्देशनको परिधिभित्र रहेर सृजनात्मक ढंगले आफ्नो पद सम्हाल्ने विश्वास उनले दिलाइन्।

बुधबारै भएको निर्वाचनमा उनी कांग्रेस उम्मेदवारलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी हुन्।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्