Kathmandu Press

‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि नै जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन्।
‘ज्वाइँ साब’मा जोडिए हिमेश पन्त
Hardik ivfHardik ivf

काठमाडौं, चैत २९ : निर्माणको तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त पनि जोडिएका छन्। निर्माणपक्ष र पन्तबीच सम्झौता भएको छ।

रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा यसअघि नै जितु नेपाल र नीति शाह अनुबन्धित भइसकेका छन्।

फिल्ममा राजकुमार पण्डितको निर्माण र वसन्त निरौलाको निर्देशन हुनेछ। वैशाख १५ गतेबाट छायांकन सुरु हुने फिल्म आगामी वर्ष तिहारमा रिलिज हुनेछ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ।

फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।

 

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्