Kathmandu Press

सरकारको केन्द्रीय कोषमा कांग्रेसले ५० लाख रूपैयाँ जम्मा गरिदिने

काठमाडौं, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले बनाएको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोष कोषमा ५० लाख रुपैयाँ जम्....

सरकारको केन्द्रीय कोषमा कांग्रेसले ५० लाख रूपैयाँ जम्मा गरिदिने

काठमाडौं, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले बनाएको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोष कोषमा ५० लाख रुपैयाँ जम्मा गरिदिने भएको छ। 

कोरोना भाइरसको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा कांग्रेसले आफ्नो तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीका तर्फबाट पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको छ,’ शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  उनले कोरोनाविरुद्धको संघर्षमा आफूहरु सबै एक साथ रहेको पनि बताएका छन्।

यसअघि कांगेसका सघीय सांसदहरुले १५ दिनको तलब सरकारले बनाएको कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पार्टीका संघीय सांसदहरुले १५ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएका छन्।

यस्तै, ५ नम्बर प्रदेशसभाका कांग्रेसका सांसदहरुले पनि १५ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गेका छन्।
 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, चैत ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्