Kathmandu Press

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलाशले गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।
गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, चैत २८ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलाशले गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।

Hardik ivf

सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ वैशाख १० गतेका लागि पेसी तोकिएको छ ।

सभामुखसमेतको हस्ताक्षर देखाएर बहुमत दाबी गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाल कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका थिए।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्