Kathmandu Press

‘मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको छ’

समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको उनले बताए।
‘मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको छ’

धनुषा, चैत २८ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरी सरकारले काम गरिरहेको बताएका छन्।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत आवश्वास दिए।

Hardik ivf

समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको उनले बताए। घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि उहाले आग्रह गरे।

छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए।

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्ती मिलापत्र गराउने काम भइरहेको भन्दै उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १७:२८ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्