Kathmandu Press

लागुऔषधसहित दुई महिला पक्राउ

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ।
लागुऔषधसहित दुई महिला पक्राउ

काठमाडौं, चैत २८ : सिनामंगलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौं महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार प्रहरीले लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ।

यसैगरी परियारको साथबाट प्रहरीले छ हजार तीन सय ५० तथा बस्नेतको साथबाट रु चार लाख १० हजार नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताए।

‘पक्राउ परेका परियार र बस्नेतको डेरामा प्रहरीले छापा मार्दा लागुऔषधसहित उक्त नगद बरामद गरिएको र सो विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्