Kathmandu Press

कोशीको विशेष अधिवेशन वैशाख ६ गते बाेलाइयाे

प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार दिउँसो वैशाख ६ गतेका लागि प्रदेश अधिवेशन आह्वान गरेका हुन्।
कोशीको विशेष अधिवेशन वैशाख ६ गते बाेलाइयाे

मोरङ, चैत २८ : कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेका लागि बोलाइको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार दिउँसो वैशाख ६ गतेका लागि प्रदेश अधिवेशन आह्वान गरेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको माग बमोजित प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन्। बैठक दिउँसो १ बजे बस्नेछ।

Hardik ivf

खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार अधिवेशन आह्वान गरेका हुन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेपछि पनि राजिनामा नदिएपछि र विश्वासको मत पनि नलिने अडान लिएपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष अधिवेशन आव्हानका लागि चैत्र २६ गते प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

 

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्