कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ
बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन्।
सुर्खेत, चैत २८ : कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन्।
कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९, माओवादीका १३ र समाजवादीका १ सदस्य छन्।
गठबन्धनमा मन्त्रालय भागबन्डा नमिलेपछि मुख्यमन्त्री कँडेलले मात्र शपथ लिएका हुन्।
प्रकाशित मिति: १५:५० बजे, बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












