Kathmandu Press

कांग्रेसले संसदको स्थापित मान्यताको धज्जी उडायो : बर्तौला

उनले आन्दोलनका स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन कांग्रेसलाई आग्रह पनि गरे।
कांग्रेसले संसदको स्थापित मान्यताको धज्जी उडायो : बर्तौला

काठमाडौं, चैत २८ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदका स्थापित मान्यतालाई धज्जी उडाउँदै कांग्रेसले संसद अवरोध गरेको बताएका छन्।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदमा विधेयकहरुलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रीक काम गरेको समेत बताए। उनले आन्दोलनका स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन कांग्रेसलाई आग्रह पनि गरे।

Hardik ivf

बर्तौलाले कांग्रेस सरकारमा हुदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको तर्क गरे। सरकारबाट हट्नेबितिकै प्रतिशोध साध्न कांग्रेसले सहकारी प्रकरणमा छानविन समितिको माग राखेको भन्दै उनले यसको कुनै अर्थ नरहेको बताए।

उनले सहकारी पिडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नीति नियम कानून बनाएर यसको समाधान खोज्नुपर्ने बताए।

प्रकाशित मिति: १५:३९ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्