संसद अवरुद्ध हुनुमा सरकार जिम्मेवार छ : संसद थिङ
अहिले सहकारीको रकम प्रकरणको विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यो विषय निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगाएत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन्।
काठमाडौं, चैत २८ : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन्।
बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।
अहिले सहकारीको रकम प्रकरणको विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यो विषय निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगाएत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन्।
सचेतक थिङले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दाबी पनि गर्नि।
सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो ।
प्रकाशित मिति: १५:२० बजे, बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार