Kathmandu Press

विमला घिमिरे बनिन् राष्ट्रिय सभा उपाध्यक्ष

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो। घिमिरे सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार थिइन्।
विमला घिमिरे बनिन् राष्ट्रिय सभा उपाध्यक्ष
Hardik ivfHardik ivf

काठमाडौं, चैत २८ : नेकपा एमालेकी विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष बनेकी छिन्। बुधबार भएको निर्वाचनबाट घिमिरे उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

बैठकमा उपस्थित ५५ जना सदस्यहरुमध्ये घिमिरेको पक्षमा ३९ मत परेको थियो। घिमिरे सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार थिइन्।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गरिन्।

नयाँ सत्ता गठबन्धनमा भागबण्डा मिलाउन माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा थिएकी थिइन्।

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्