कोरोना संक्रमण भएकी युवतीसँग एउटै प्लेनमा आएका थिए धरानका दुई युवक
धरान, चैत ११ : सुनसरीको धरान उपमहानगरपालिकाका दुई व्यक्ति कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकी युवतीसँग एउटै प्लेनमा नेपाल आएको खुलेको छ। ....

धरान, चैत ११ : सुनसरीको धरान उपमहानगरपालिकाका दुई व्यक्ति कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकी युवतीसँग एउटै प्लेनमा नेपाल आएको खुलेको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी ती युवतीसँग धरान उपमहानगरपालिका बडा नम्बर ६ र १६ का दुई व्यक्ति चैत ४ गते एउटै प्लेनमा नेपाल आएको खुलेको हो।
कोरोनाको संक्रमणको पुष्टि भएकी युवतीसँग एउटै प्लेनमा नेपाल आएको खुलेपछि दुवै जनालाई परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल काठमाडाैं प्रेसलाई जानकारी दिए। उनका अनुसार अस्पताल पठाइएको दुवै जनालाई आइसोलेसनमा राखिनेछ।
उपमहानगरपालिकाको मंगलबार बोलाइएको आकस्मिक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने र बुधबारदेखि धरानमा कोही पनि मानिस बाहिर हिँडडुल गर्न नदिनेबारेमा छलफल भएको थियो।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीलाई कोरोना भएको पुष्टि सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गरेका थिए। उनलाई कोरोना भएको पुष्टि भएपछि उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमण फैलिन नदिन सरकारले मंगलबार बिहानदेखि देशभर लकडाउन गरेको छ।











