Kathmandu Press

बिहीबार सार्वजनिक विदा

चैत २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।
बिहीबार सार्वजनिक विदा

काठमाडौं, चैत २८ : सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) का अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

चैत २९ गते बिहीबार ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ। मुस्लिम आयोगले पनि बिहीबार ईद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्