Kathmandu Press

अमरेसले माग गरे सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न समिति

‘म सरकारसँग माग गर्न चाहन्छु, ०४७ सालदेखि जो लाभको पदमा बसेको छ, सरकारमा गएको छ। चाहे त्यो कार्यपालिकामा गउको होस्, त्यो न्यायपालिका र व्यवस्थापिकामा नै किन गएको न होस्,’ उलने भने, ‘सुरक्षा निकायमा हुन् या कर्मचारीतन्त्रमा गएका हुन्। उसको निस्पक्ष, न्यायिक छानबिन गर्नुपर्दछ।’
अमरेसले माग गरे सम्पत्ति छानविन गर्न अधिकार सम्पन्न समिति

काठमाडौं, चैत २८ : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ०४७ सालदेखि सार्वजनिक लाभको पदमा बसेका सबैमाथि निस्पक्ष छानबिन गर्न अधिकार सम्पन्न न्यायिक समिति बनाउनुपर्ने माग राखेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले २०४७ सालपछि न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकामा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका हुन्।

Hardik ivf


‘म सरकारसँग माग गर्न चाहन्छु । ०४७ सालदेखि जो लाभको पदमा बसेको छ, सरकारमा गएको छ। चाहे त्यो कार्यपालिकामा गउको होस्, त्यो न्यायपालिका र व्यवस्थापिकामा नै किन गएको न होस्,’ उलने भने, ‘सुरक्षा निकायमा हुन् या कर्मचारीतन्त्रमा गएका हुन्। उसको निस्पक्ष, न्यायिक छानबिन गर्नुपर्दछ।’

देशको आधाभन्दा बढी बजेट विदेश गएको र आधा बजेट नेता र कर्मचारीहरुले भ्रष्टाचार गरि सक्दा देश बर्बादीतर्फ गएको उनको टिप्पणी छ।

उनले भने, ‘देश त्यत्तिकै यो हालतमा गएको होइन । यो देशको आधाभन्दा बढि पैसा विदेशमा गएको छ। आधाभन्दा बढि पैसा नेता र कर्मचारीले लुटेको छ, यसको छानबिन हुनुपर्छ।’

संसदीय छनबिनमा एमाले, कांग्रेस, माओवादी र रास्वपा, राप्रपालगायतका दलले मिलोमतो गर्ने भएकालले अधिकार सम्पन्न न्यायिक समिति बन्नुपर्ने उनले बताए।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्