‘संसदमा जुहारी खेल्ने अभ्यासले समाज सही दिशामा जाँदैन’
सडकमा चक्काजाम जस्तो आन्दोलनको स्वरुपलाई बदलेर रचनात्मक सृजनात्मक ढंगबाट सदनमा पनि संवादको वातावरण विकास गर्नुपर्ने धारणा उनले राखे। संसदलाई स्वस्थ बहसको थलोको रुपमा विकास गर्न उनले अपिल गरे।
काठमाडौं, चैत २८ : माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा एकआपसमा जुहारी खेल्ने, आरोपप्रत्यारोप गर्ने अभ्यासले समाजलाई सही दिशामा लैजान नसक्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा आपसमा आरोपप्रत्यारोप समाजका लागि हितकर नभएको भनाइ राखे। नयाँ पुस्ताले ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि संसद भित्रको अभ्यास र नजिरहरुलाई स्थापित गर्नुपर्ने उनले बताए।
‘समाज निराशाले घेरिएको छ। समाजले हामीप्रति धेरै ठूलो अपेक्षा गरेको छ। त्यसैले हामीले संसदमा एकआपसमा जुहारी खेल्ने एकले अर्कालाई खुइलाउने, आरोप प्रत्यारोप गर्ने यो अभ्यासले समाजलाई सही दिशामा लैजान सकिँदैन,’ उनले भने, ‘हामीभन्दा पछिको सन्तानले संसदमा ठिक ढंगले बहस भइरहेको छ भनेर मूल्यांकन गर्न सक्नेगरि यो संसद भित्रको अभ्यास र नजिरहरुलाई स्थापित गर्नुपर्छ।’
सडकमा चक्काजाम जस्तो आन्दोलनको स्वरुपलाई बदलेर रचनात्मक सृजनात्मक ढंगबाट सदनमा पनि संवादको वातावरण विकास गर्नुपर्ने धारणा उनले राखे। संसदलाई स्वस्थ बहसको थलोको रुपमा विकास गर्न उनले अपिल गरे।
‘पक्ष विपक्षको सबैलाई म प्रधानमन्त्रीको पार्टीको तर्फबाट विनम्रका साथ भन्न चाहन्छु। यो चक्काजाम जस्तो आन्दोलनको स्वरुपलाई बद्लेर रचनात्मक सृजनात्मक ढंगबाट सडकमा आन्दोलन देख्न सक्छौं,’ उनले भने, ‘सडकबाट भएका रचनात्मक सृजनात्मक शैलीलाई कमसेकम सदनमा हामीले विकास गर्नुपर्छ। त्यसैले यो संसदलाई बहसको थलोको रुपमा विकास गर्न म अपिल गर्न चाहन्छु।’










![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)

