Kathmandu Press

‘रास्वपाको उदय नै सुशासनका लागि भएको हो, शंका नगर्नुस् र कुण्ठा पनि नपाल्नुस्’

सांसद झाले पार्टी अध्यक्ष रवि लामिछानेको बचाउ गर्दै प्रायोजित पत्रकारलाई समाचार लेखाएर त्यसैको आधारमा आफ्नो पार्टी सभापतिमाथि कांग्रेसले प्रहार गरिरहेको बताए। उनले दर्ता नै नभएको उजुरीमा कसरी लामिछाने दोषी भए भन्दै प्रश्न पनि गरे।
‘रास्वपाको उदय नै सुशासनका लागि भएको हो, शंका नगर्नुस् र कुण्ठा पनि नपाल्नुस्’

काठमाडौं, चैत २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले आफ्नो पार्टीका उदय नै सुशासनका लागि भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको उदय नै सुशासनका लागि भएको भन्दै त्यसमा शंका नगर्न र कुण्ठा नपाल्न सबैलाई आग्रह गरे।

Hardik ivf

उनले आफूहरू सुरूमा सरकारमा जाँदा भ्रष्टाचारको विषयमा साझा न्यूनतम लेखिएको विषय कांग्रेस सरकार गएपछि हटाइएको दाबी गरे। उनले भने, ‘कांग्रेस सरकारमा गएपछि भ्रष्टाचारको बहस नगरौँ भनियो।’

सांसद झाले पार्टी अध्यक्ष रवि लामिछानेको बचाउ गर्दै प्रायोजित पत्रकारलाई समाचार लेखाएर त्यसैको आधारमा आफ्नो पार्टी सभापतिमाथि कांग्रेसले प्रहार गरिरहेको बताए। उनले दर्ता नै नभएको उजुरीमा कसरी लामिछाने दोषी भए भन्दै प्रश्न पनि गरे।

‘कानुनले निर्णय दिएको छैन, सुरक्षा निकायले सूचना दियो, प्रधानमन्त्रीले अभिव्यत्ति दिनुभयो। चौकीमा कसैले दिएको उजुरी हो दर्ता भएको छैन,’ उनले भने, ‘प्रायोजित पत्रकारलाई लेख्न लगाएको मात्र हो । त्यसको आधारमा प्रहार गरिएको छ। आउनुहोस् कानुन र प्रक्रियामा जाऔँ कति कुण्ठा पालेर बस्नुहुन्छ?’

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्