Kathmandu Press

कांग्रेसले गठबन्धनमा भ्वाङ पार्न खोज्यो : एमाले

‘सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं,’ उनले भने, ‘सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ पार्न सकिन्छ कि भनेर उठाइएको छ।’
कांग्रेसले गठबन्धनमा भ्वाङ पार्न खोज्यो : एमाले

काठमाडौं, चैत २८ : सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानविनको माग गरेर कांग्रेसले सत्तारुढ गठबन्धनमा भ्वाङ पार्ने प्रयास गरेको आरोप सत्तारुढ दल एमालेले लगाएको छ।

बुधबार संसद बैठकमा बोल्दै एमाले सांसद सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए।

Hardik ivf

‘सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो। अदालतमा विचाराधीन विषय यहाँ बहसको विषय हुन्न भन्ने थाहा छ थाहा पाएर पनि उठाएका छौं,’ उनले भने, ‘सहकारी विषयमा छलफल गरेर निष्कर्षमा पुर्‍याउन हैन गठबन्धनमा भ्वाङ पार्न सकिन्छ कि भनेर उठाइएको छ।’

सहकारी पीडितहरुलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे। उनले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरे।

सांसद थापाले कास्की जिल्ला अदालतमा विचाराधीन विषय सदनमा कसरी बहसको विषय बन्न सक्छ भन्दै प्रश्न गरे।

उनले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने कुरा नभएको पनि जिकिर गरे।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्