Kathmandu Press

सरकारलाई कांग्रेसको प्रश्न– गल्ती छैन भने किन सरकार संसदीय छानबिन समिति बनाउन चाहँदैन ?

‘गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ,’ उनले प्रश्न गरे।
सरकारलाई कांग्रेसको प्रश्न– गल्ती छैन भने किन सरकार संसदीय छानबिन समिति बनाउन चाहँदैन ?

काठमाडौं, चैत २८ : कांग्रेस सांसद रामहरि खतिवडाले सहकारी गठी प्रकरणमा संसदीय छानविन समिति बनाउनबाट सरकार किन डराहेको छ भन्दै प्रश्न गरेका छन्। बुधबारको संसद बैठको सुरुमै बोल्दै उनले गल्ती नभएर छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्‍यो? भन्दै प्रश्न गरे।

हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ। हामीले कसैलाई दोषी करार गरेका छैनौं,’ उनले भने,  ‘निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ?’

Hardik ivf

सांसद खतिवाडाले आफूहरुले कसैसँग पूर्वाग्रह नराखेको बताउँदै कसैलाई फसाउन आफूहरुको चाहना नभएको बताए। ‘गल्ती छैन भने भन्न सक्नुपर्‍यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ,’ उनले प्रश्न गरे।

उनले कांग्रेसले संसद अवरोध गर्न नचाहेको बताए। संसदभित्र पसेर संसदमाथि प्रहार गर्ने, ठगी गर्ने र संसद चल्न नदिने सरकारको नियतप्रति आशंका भएकाले निष्पक्ष छानबिन गर्न संसदीय समिति माग गरेको उनले बताए।

यस्तै, उलने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए।

‘प्रधानमन्त्रीले गठबन्धनको प्रमुखको रुपमा जवाफ दिन थाल्नुभयो। जो दोषी थियो त्यसलाई उम्काउने देखेपछि आयोग गठन होस्,’ उनले भने, ‘कोहीसँग ईर्ष्या र द्वेसले काम गर्न चाहँदैनौं।’

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्