Kathmandu Press

‘आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छ’

उनले जलवायु परिर्वतन तथा बदलिँदो परिवेशसँगै मिम्तिएको विभिन्न सर्ने,नसर्ने,सङ्क्रामक रोगका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रलाई आधुनिक,विकसित र सर्वसुलव बनाउन स्पष्ट सुझाव दिन सक्नेगरी खोज अनुसन्धानलाई अझै सक्रिय बनाउन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका छन्।
‘आम नागरीकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर हुनुपर्छ’

काठमाडौं, चैत २८ : राष्ट्रपति रामचन्द्र पौडेलले आम जनताको पहुँचमा सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको  ५८औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०८०लाई सम्बोधन गर्दैै राष्ट्रपति पौडेलले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी संविधानमै व्यवस्था गरेको उल्लेख गर्दै सो व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए।

Hardik ivf

‘संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ। आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानको लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ।’

उनले जलवायु परिर्वतन तथा बदलिँदो परिवेशसँगै मिम्तिएको विभिन्न सर्ने,नसर्ने,सङ्क्रामक रोगका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य क्षेत्रलाई आधुनिक,विकसित र सर्वसुलव बनाउन स्पष्ट सुझाव दिन सक्नेगरी खोज अनुसन्धानलाई अझै सक्रिय बनाउन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित नेपाल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बदलिँदो परिवेश अनुसार स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्य अझै सक्रिय भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले त्यसका लागि स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गरेका हुन्।  

उनले स्वास्थ्य क्षेत्रका लक्ष्यहरू प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको धारणा राखे।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, चैत २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्