गृहमन्त्रीले प्रस्तुत गर्ने एजेन्डा संसदको कार्यसूचीबाट हट्यो
चैत २ गते गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो। त्यो बेला कांग्रेसले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसलाई कार्यसूचीमा राखेका थिएनन्।
काठमाडौं, चैत २८ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ।
चैत २ गते गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो। त्यो बेला कांग्रेसले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसलाई कार्यसूचीमा राखेका थिएनन्।
चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो। तर, मंगलबार पनि कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै सदन अवोध गरेको थियो।
कांग्रेसले सदन अवरोध गरेपछि बुधबारको बैठकमा गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ ।

![सुकुम्बासी र भूमिहीनहरू सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_5989ea30-1782555720.jpeg)