राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनीबीच प्रतिस्पर्धा
नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् ।
काठमाडौं, चैत २८ : राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ ।
नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् ।
समर्थकमा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।
कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
महिला क्लस्टरका सातजनामध्ये वाग्मती प्रदेशबाट उनी निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, चैत २८, २०८०
थप समाचार






