Kathmandu Press

भक्तपुरमा यसरी सुरु भयो विस्का जात्रा [फोटोफिचर]

प्यागोडा शैलीमा बनाइएको करिव ३० फिट अग्लो तीनतले काठैकाठको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने गरेको छ। रथलाई एकातिर ६ र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर दुवैतिर तान्ने गरिन्छ।
भक्तपुरमा यसरी सुरु भयो विस्का जात्रा [फोटोफिचर]

काठमाडौं, चैत २७ : भक्तपुरको परम्परागत विस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेसँंगै जात्रा औपचारिकरुपमा सुरु भएको हो।

जात्रमा स्थानीय साँस्कृतिक झाकी र बजागाजासहित सहभागी भएका छन । बर्सेनी नयाँं वर्षको चार दिनअघि चैत २७ गते पाँंचतले मन्दिर अगाडिबाट रथ तान्ने चलन छ।

RS_KTM-1712667961909-1712673569.jpg

 प्यागोडा शैलीमा बनाइएको करिव ३० फिट अग्लो तीनतले काठैकाठको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने गरेको छ। रथलाई एकातिर ६ र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर दुवैतिर तान्ने गरिन्छ।

Photo-(13)-1712673601.jpg

जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा ‘द्यो क्वह विज्याइज्यू’ अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लगिन्छ । त्यसैले उक्त साइटमा ६ र अर्काेतर्फ चार वटा मात्रै डोरी राखिने गरिन्छ। विस्का जात्रा नौ दिन आठ रातसम्म चल्ने गर्दछ।

Photo-(12)-1712673600.jpg

Photo-(5)-1712673600.jpg

Photo-(3)-1712673599.jpg

Photo-(9)-1712673600.jpg

Photo-(4)-1712673599.jpg

Photo-(11)-1712673600.jpg

Photo-(15)-1712673602.jpg

Photo-(14)-1712673601.jpg

Photo-(18)-1712673603.jpg

Photo-(19)-1712673603.jpg

प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, चैत २७, २०८०